नियम
सवारीको प्रवेश दर्ता
(१) विदेशबाट पैठारी गरेको प्रत्येक सवारी नेपाल ……… मा प्रवेश गरेपछि सवारी धनीले प्रवेश गर्ने स्थानमा रहेको प्रहरी कार्यालयमा ऐनको दफा १३ बमोजिम प्रवेश दर्ताको लागि अनुसूची–१ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही त्यस्तो सवारीको प्रवेश दर्ता गरी सम्बन्धित सवारी धनीलाई अनुसूची–२ बमोजिमको ढाँचामा सवारी प्रवेश दर्ताको निस्सा दिनुपर्नेछ ।